आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंको कलंकीमा निशान र ड्याटसनको नयाँ शोरुम संचालन

शुक्रबार, १८ असार २०७८, १५ : २३
शुक्रबार, १८ असार २०७८

काठमाडौं । निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले काठमाडौंको कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । 

निशान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गर्नेछ । महाराजगंज र बालकुमारी पछि यो मेगा मोटर्सको तेश्रो शोरुम हो ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाका अनुसार कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै सेवा विस्तारमा थप सहजता हुनुका साथै उपत्यकाका कुनैपनि ठाउँका ग्राहकहरुले सजिलै सेवा लिन सक्नेछन् ।

कम्पनीका अनुसार उक्त शोरुमबाट पनि निशानको नयाँ लोगो भएको ‘बिग बोल्ड ब्युटिफुल’ म्यागनाइट खरिद गर्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप