शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय समिति बैठक स्थगित, भाेलि पुन: बस्ने

शुक्रबार, १८ असार २०७८, १४ : ४८
शुक्रबार, १८ असार २०७८

नेकपा एमालेको केन्द्रीय समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक शनिबार ३ बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबारको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएन । विहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको छ । गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप