लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्रीले दिइन् राजीनामा
शुक्रबार, १८ असार २०७८, १४ : ३१

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा गरेकी छन् । उनले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै सरकारमा रहन नसक्ने भन्दै राजीनामा दिएकी हुन् ।
उनले मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको राजीनामा पत्रमा भनेकी छन्– ‘जनता समाजवादी पार्टी नेपाल तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ को क बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’
उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड