लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्रीले दिइन् राजीनामा
शुक्रबार, १८ असार २०७८, १४ : ३१
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा गरेकी छन् । उनले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै सरकारमा रहन नसक्ने भन्दै राजीनामा दिएकी हुन् ।
उनले मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको राजीनामा पत्रमा भनेकी छन्– ‘जनता समाजवादी पार्टी नेपाल तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ को क बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’
उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण