टीभीएसको “साथ छ हाम्रो“ योजना, मोटरसाइकल वा स्कुटरको खरिदमा डिस्काउन्ट सहित अन्य सुविधा पनि
काठमाडौं । नेपालमा टीभीएस टु–ह्वीलर्सको लागिएकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘साथ छ हाम्रो’ योजना ल्याएको छ । यस योजना अन्तर्गत टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा ८ हजार पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको छ । यसैगरी किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ०% ब्याजदरको समेत विशेष सुविधा रहेको छ ।
आउँदो केहि समयमा नयाँ आर्थिक बर्षको सुरुवात र कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको दाम बढ्ने सम्भावना ज्यादा रहेकोले पुरानै र सस्तो मुल्यमा नयाँ साधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहकमा यो योजना निकै नै आकर्षक रहेको कम्पनीको दावी छ । यस योजना देशका सम्पूर्ण टीभीएस स्वरुमहरुमा लागु हुने पनि कम्पनीले जनाएको छ ।
टीभीएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको छ र आफ्नो गुणस्तरीय सेवा, सुविधा र पाठपुर्जाको उपलब्धता कारण पनि नेपाली अटोमोबाइल प्रेमीमाझ टीभीएस एउटा भरपर्दो नाम बनिसकेको छ । टीभीएसले समय अनुरुप ग्राहकको आवश्यकता र परिस्थिति अनुसार समय–समयमा बिभिन्न योजना तथा एक्सचेन्ज कार्यक्रमहरु समेत गर्दै आइरहेको टीभीएसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन