शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुखतर्फका कानुन व्यवसायीलाई २ घण्टा समय

शुक्रबार, १८ असार २०७८, १३ : ३६
शुक्रबार, १८ असार २०७८

सभामुख अग्निप्रसाद सापकोटातर्फका कानुन व्यवसायीका लागि प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्न दुई घण्टा समय दिइएको छ । शुक्रबार संवैधानिक इजलासमा उपस्थित सभामुखका कानुन व्यवसायीले समय थोरै भएकोमा असन्तुष्टि जनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २ घण्टा समय दिएका हुन् ।

समय कम भएको भन्दै इजलासमा सभामुखका कानुन व्यवसायीले भने, ‘थोरै समयमा बहस गर्नुभन्दा त श्रीमानहरूले बहस नोट हेरे भइहाल्यो, किन बहस गर्नु ?’

सरकार पक्षका कानुन व्यवसायीका लागि छुट्याइएको मध्येबाट १ घण्टा र इजलासले थप १ घण्टा समय दिएपछि सभामुखका कानुन व्यवसायीले दुई घण्टा समय पाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप