शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो डोज खोप माग्दै शिक्षक आन्दोलनमा, तस्बिरमा हेर्नुहाेस्

शुक्रबार, १८ असार २०७८, १३ : ३३
शुक्रबार, १८ असार २०७८

कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज कुरेर बसिरहेका शिक्षकहरूले शुक्रवारदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन् । पहिलो डोज लगाइसकेको महिनौँ बिते पनि सरकारले दोस्रो र पूर्ण डोजको व्यवस्था गर्न नसकेको भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।

पहिलो चरणको आन्दोलन अन्तर्गत शुक्रवार नेपाल शिक्षक महासङ्घले स्थानीय आन्दोलन परिचालन समितिको संयोजनमा सरकारले शिक्षक कर्मचारीहरूलाई कोभिड १९ को खोपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखी गाउँ तथा नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

“कोभिडको कारणले अहिले विद्यार्थी शैक्षिक संस्था आउने अवस्था पनि छैन भने शिक्षक पनि पढाउन जान सक्ने अवस्था छैन । भर्चुअल कक्षा सञ्चालनको लागि सरकारले निर्देशन दिए पनि आवश्यक पूर्वाधार शिक्षकहरूसँग छैन । यसका बीच पनि हाम्रा शिक्षा मन्त्री असारदेखि शैक्षिक सत्र सुरु गर्न निर्देशन दिनुहुन्छ,” शिव कुमार खनाल, नेपाल शिक्षक सङ्घ नागार्जुन नगरपालिकाका प्रतिनिधिले रातोपाटीलाई बताए ।

खनालका अनुसार शिक्षक महासङ्घले भदौसम्म आन्दोलनका कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । “जस अन्तरगत रिले अनसनसम्मको कार्यक्रम तय गरिने छ,” खनालले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप