केन्द्रीय कमिटी बैठकअघि ओलीलाई भेट्न बालुवाटार पुगे माधव पक्षका नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुसँग शुक्रबार बालुवाटारमा छलफल गरेका छन् । पार्टीको केन्द्रीय कमिटीको १३ औँ बैठक बस्न अघि ओलीले माधव पक्षका तीन जना नेताहरुसँग आफ्नो निवासमा छलफल गरेका हुन् ।
स्रोतका अनुसार बैठकअघि माधव पक्षका नेताहरु भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए । तीन जनाले अध्यक्ष ओलीलाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए । ‘अझै केही बितेको छैन । आज नै बैठक बस्नै पर्छ भन्ने पनि छैन । बैठकलाई रोकेर छलफल गरौँ,’ नेताहरुको ओलीलाई आग्रह थियो ।
तर, जवाफमा अध्यक्ष ओलीले आजको बैठक तय भएर नेताहरु बालुवाटार आइसकेकाले त्यसलाई स्थगित गर्नु उपयुक्त नहुने बताएका थिए । यद्यपि, माधव पक्षका नेताहरुको छलफललाई अगाडि बढाउनु पर्ने प्रस्तावमा भने ओलीले सकारात्मक जवाफ दिएको स्रोतको भनाइ छ ।
माधव पक्षका नेताहरुसँग छलफल भइरहँदा ईश्वर पोखरेल र सुवास नेम्वाङ पनि बालुवाटार पुगेका थिए । उनीहरु पनि छलफलमा सहभागी भएको स्रोतको भनाइ छ ।
माधव नेपाल पक्षको अनुपस्थितिबीच नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन ।
पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए । गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा