बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सबैभन्दा उपयोगी तौल घटाउने पेय पदार्थ, हप्तामा एकपटक पिउनुस्

शुक्रबार, १८ असार २०७८, १३ : ०१
शुक्रबार, १८ असार २०७८

दिनभर क्यालोरी बढाउने खानेकुराको सेवनले शरीरको तौल निकै तीव्र गतिमा बढ्ने गर्छ । धेरै क्यालोरीको सेवनले शरीरमा बोसो जम्मा हुन जान्छ । यस्तो समयमा तौल क मगर्न जुस वा तरल पदार्थ पिउन सकिन्छ । सागसब्जीका जुस वा तरल पदार्थ पिउँदा शरीरको तौल तीव्र रुपमा घट्दै जान्छ । 

यद्यपि, खराब जीवनशैली र खानपानका कारण तीव्र गतिमा तौल बढ्न सक्छ । कहिलेकाँही व्यायाम, योग र घरेलु उपायहरु अपनाउँदा पनि तौल घट्ने सम्भावना कम हुन्छ । त्यसैले क्यालोरी कम भएको खानेकुरा खाने गर्नुपर्छ । धेरै क्यालोरी भएको खानेकुरा खाँदा शरीरमा तीव्र रुपमा फ्याट जम्मा हुन जान्छ । त्यसैले यस्तो क्यालोरी र बोसो कम गर्न हप्तामा एकपटक जुसको सेवन गर्नुपर्छ । 

तौल कम गर्ने पेय पदार्थ कसरी बनाउने ? 

तौल कम गर्ने पेय पदार्थ निर्माण गर्नका लागि १०० ग्राम काँक्रो, १०० ग्राम पालक, १५० ग्राम भुँइकटहर, आधा चम्चा थिचेको अदुवा, १५ देखि २० पात पुदिना र कागती लिने । त्यसपछि काँक्रो, पालक, भुँइकटहरलाई सानो सानो टुक्रामा काट्ने त्यसमा थोरै पानी हालेर त्यसलाई पिस्ने र त्यसलाई छानेर जुस निकाल्ने । यसरी निकालेको जुसलाई हप्तामा एक पटक पिउँदा शरीरको तौल सहज तरिकाले घट्ने गर्छ । 

कसरी घट्छ तौल ? 

यो पेयपदार्थले शरीरलाई आलस्य र ढिलासुस्ती हुनबाट बचाउँछ । यो पेयपदार्थले शरीरलाई डिटोक्स गराउँछ । शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ । यो पेयपदार्थमा एन्टिअक्सिडेन्ट पनि हुन्छ । जसले रोगप्रतिरोधी क्षमताको विकास गर्छ । यसले शरीरलाई सुख्खा हुन दिँदैन । यो पेयपदार्थमा मेटाबोलिज्म धेरै हुने भएकाले तीव्र गतिमा तौल घट्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप