विवाहपछि काममा फर्किएकी यामीको सुटिङ सेटमा गरियो यस्तो स्वागत
मुम्बई । अभिनेत्री यामी गौतमले ४ जुनमा निर्देशक आदित्य धारसँग विवाह गरेकी थिइन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएकी थिइन् । अहिले उनी काममा फर्किएकी छन् । विवाह पछि काममा फर्किएकी उनको सुटिङ सेटमा स्वागत फूलको गुत्था र केक काटेर भव्य स्वागत गरिएको छ । जसको तस्बिर समेत उनले सोशल मिडियामा शेयर गरेकी छन् ।
तस्बिरका साथ उनले लेखेकी छन् ‘जब म काममा फर्किए मेरो टिमले उत्कृष्ट तरिकाले स्वागत गर्दै शुभकामना समेत दिएको छ । शुभकामनाका लागि सबै प्रति आभार व्यक्त गर्दछु ।’ फ्यानले उनको तस्बिर रुचाएका छन् ।
यामीले फिल्म ‘ए थर्सडे’ को सुटिङ फेरि शुरु गरेकी हुन् । फिल्ममा उनी नैना जायसवालन नामको एक शिक्षिकाको भूमिकामा देखिनेछिन् । यामीको अलवा फिल्ममा नेहा धुपिया, अतुल कुलकर्णी र डिंपल कपाडियाको समेत मुख्य भूमिकामा छन् । फिल्मका निर्देशक बेहजद खम्बाटा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक सुरु
-
ऐतिहासिक निशान पदमार्गमा पदयात्रा
-
ज्योति मगरको प्रश्न : ‘काले के–के’लाई संस्कृति भड्काउने भन्ने ‘म त ढले ढले’को पार्टीमा किन ?
-
विश्वका थुप्रै अवार्ड विजेता ‘सेतो सूर्य’ युट्युबमा
-
युवाहरूलाई खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा हो : महामन्त्री थापा
-
विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस