आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतमा असार २५ गतेसम्म थपियो निषेधाज्ञा, सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली

शुक्रबार, १८ असार २०७८, १२ : २४
शुक्रबार, १८ असार २०७८

सुर्खेत । वैशाख १४ गतेदेखि लागु गरिएको निषेधाज्ञा थप ८ दिन थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले थप ८ दिन निषेधाज्ञा थप गरेको हो ।

जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार गएराति १२ बजेदेखि असार २५ गते राति १२ बजे सम्मका निषेधाज्ञा थप गरिएको हो । पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । 

संक्रमणको जालो तोड्न, जोखिम नियन्त्रण, रोकथाम गर्नको लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । 

असार १ गतेबाट निषेधाज्ञा खुकुलो पार्दै गएकोमा आजदेखि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसल सञ्चालन गर्न दिइने भएको छ ।
तरकारी फलफूल पसलहरु बिहान ६ देखि बेलुका ६ बजेसम्म खुला रहने छन् ।

यस्तै, होटल तथा रेष्टुरेन्ट ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने, भिडभाड नहुने गरी सञ्चालन गर्न पाइने छ ।

सवारी साधनमा जोर–विजोर
यस्तै आजदेखि सवारी साधनमा जोर–विजोर प्रणाली अनुसार सञ्चालन भएका छन् । सुर्खेत जिल्लाभित्र मात्र सञ्चालन हुनेगरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा यो प्रणाली लागू गरिएको प्रशासनले जनाएको छ । 

तर, ती सवारी साधनलाई सुर्खेत जिल्ला भन्दा बाहिर जान प्रतिबन्ध लगाइएको छ ।

प्रशासनको आदेश पालना नगरेको खण्डमा कोभिड—१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही  गरिने प्रशासनले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप