आजबाट फेरि ‘कमेडी च्याम्पियन’
शुक्रबार, १८ असार २०७८, ११ : ०८
काठमाडौंँ । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ फेरि सुरु हुने भएको छ । करिब दुई महिनादेखि रोकिएको शो आज शुक्रवारबाट सुरु हुन लागेको हो । शोका निर्देशक विशाल भण्डारीले आज शुक्रबारबाट शो नियमित हुन लागेको जानकारी दिए ।
कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायाँंकन गरिएको छ । त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको निर्माण पक्षको दावी छ ।
कार्यक्रममा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापालाई प्रस्तुत गरिएको छ । सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा रहेको शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन् ।
शोको पहिलो सिजन दर्शक रुचाएपछि दोस्रो सिजन पनि सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैपटक ६० सहसचिवको सरुवा (सूची)
-
सभामुखसँग कांग्रेसले भन्यो : नीति तथा कार्यक्रमपछि संसद्मा विरोध जारी रहन्छ
-
राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल
-
बारामा स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा औषधि छैन, डाक्टरको सेवा पनि पाइँदैन
-
तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक, तस्बिरहरू
-
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित