बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आन्दोलनका थप कार्यक्रम तय गर्दै  विपक्षी विद्यार्थी सङ्गठन

शुक्रबार, १८ असार २०७८, १० : ४६
शुक्रबार, १८ असार २०७८

विपक्षी गठबन्धन आबद्ध विद्यार्थी सङ्गठनको संयुक्त बैठक बसिरहेको छ ।  शुक्रबार बिहान काठमाडौँको बुद्धनगरमा काँग्रेस निकट, नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी, एमालेको माधव समूह निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंबीच छलफल भइरहेको छ ।

महामन्त्री बलदेव तिमल्सिनाका अनुसार आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रम तय गर्दै विगतका कार्यक्रमको समीक्षा गर्ने छ । बैठकमा देशभर सञ्चालित आन्दोलन सफल बनाउन सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भर्त्सना गर्ने तिमल्सिनाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप