सभामुख सापकोटाको तर्फबाट ५ अधिवक्ताले बहस गर्ने
शुक्रबार, १८ असार २०७८, १० : ४२
सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापना र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिटमाथि आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ अधिवक्ताले बहस गर्ने भएका छन् । सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता, श्यामप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।
आज सरकारी पक्षको बहस सकिएपछि सभामुखका तर्फबाट बहस सुरु हुने भएको हो । सभामुख सापकोटालाई विपक्षी बनाएको निवेदनमाथि बहस हुने भएको हो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन
-
नयाँ वर्षमा स्वयम्भूमा चहलपहल (तस्बिरहरु)
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा