दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावक बिहीन
दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ । सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको छ । यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभावक गुमाएका छन् ।
त्यसैगरी ६५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् भने एक हजार ३११ बालबालिकाले बुवा गुमाएका छन् । यी बच्चाहरूको विवरण कोभिडको कारण आफ्ना आमाबुवा गुमाएका बच्चाहरूको लागि दिल्ली सरकारले अधिसूचित गरेको योजनामा योग्य हितग्राहीको नामांकन सुनिश्चित गर्न महिला र बाल विकास विभागमा उपलब्ध भएको उल्लेख गरिएको छ ।
सहयोगका लागि २४ घण्टा खुला रहने फोनमार्फत् सहयोगको आवश्यकता रहेका नागरिकहरूले कुनै पनि केस रिपोर्ट गर्न वा बाल अधिकारसम्बन्धी कुनै जानकारी लिन सक्ने आयोगले बताएको छ ।
एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, “आयोगले यस सहयोग कक्षलाई दिल्ली सरकारको स्वास्थ्य विभागद्वारा प्रदान गरिएको तथ्याङ्कको प्रयोग गरेर कोभिड–१९को कारणले आफ्ना अभिभावक गुमाएका बच्चाहरूको स्वास्थ्य सर्वेक्षण र पहिचान गर्ने गरेको बताइएको छ ।
अप्रिलमा स्थापना गरेको हेल्पलाइनले अहिलेसम्म चार हजार ५०० भन्दा बढी गुनासा सङ्कलन गरेको उल्लेख छ । “यीमध्ये दुई हजार २०० ‘एसओएस’ वर्गका गुनासा रहेका छन् । यी एसओएस गुनासोहरूमा खाद्यान्न, चिकित्सा, आपतकालिन अवस्था, परित्याग गरिएका बच्चाहरूका मुद्दा, कोभिड–१९परीक्षण सम्बन्धित आवश्यकताहरू जस्ता जरुरी सेवाको तत्काल आवश्यकता पर्ने बच्चाहरू र परिवारहरू छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव सरुवाले हैरान बनेका सांसदले भने : नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा पुगिसक्छन्
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै