निर्वाचन आयोग प्रचण्डको पिछलग्गू भयो : मेयर कुश्वाह

रौतहटको कटहरिया नगरपालिकाको मेयर सियाराम कुश्वाहले निर्वाचन आयोग प्रचण्डको पिछलग्गू बनेको कारण जनताको अभिमतबाट निर्वाचित जनप्रतिनिधिहरुले दु:ख पाउनु परेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले पद बहाली गरेपछि मेयर कुश्वाहले पुनः पदभार ग्रहण गर्दै संविधानमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकेमा मृत्यु भएमा अथवा राजीनामा दिएमा मात्र पद रिक्त हुने व्यवस्था रहेको जिकिर गरे ।
प्रचण्डले चितवनमा आफ्नो छोरी जिताउन काँग्रेससँग सहकार्य गर्दा दलबदल कानुन नलाग्ने तर २४ औँ घण्टा जनताको सेवामा लाग्ने जनप्रतिनिधि माथि उक्त कानुन किन लाग्ने भन्दै कुश्वाहाले प्रश्न गरे । आफूले एमालेसँग सहकार्य गर्दा दलबदल आरोप लगाउनु पूर्वाग्रही भएको मेयर कुश्वाहाले गुनासो गरे ।
पदभार ग्रहण गर्नेको अवसरमा नगर प्रवक्ता चन्दन कुश्वाहा, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह लगायत नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले फुलको गुच्छा दिएर मेयर सियाराम कुश्वाहालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
सो अवसरमा मेयर कुश्वाहाले सर्वोच्च अदालत र कटहरिया नगरवासी लाई धन्यवाद दिँदै विगतको भन्दा अझै सक्रिय भएर जनताको सेवामा लाग्ने बताए । सर्वोच्च अदालतले मङ्गलबार मौलापुर नगरप्रमुखका साथै कटहरियताका मेयर सियाराम कुश्वाहालाई यथास्थितिमा कामकाज गर्न आदेश दिएको थियो ।
स्थानीय निर्वाचनमा तत्कालीन नेकपा माओवादीको टिकट बाट निर्वाचित भएर पछिल्लो समय एमालेलाई सघाएको भन्दै माओवादीको केन्द्रीय कमिटीको निर्णय अनुसार प्रचण्डले उनीहरूको पद रिक्त अथवा कार्वाही गर्न निर्वाचन आयोगमा पत्र पठाएका थियो ।
सोही आधारमा निर्वाचन आयोगले २ मेयर ५ उपमेयर सहित १४ जना जनप्रतिनिधिको पद रिक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप
-
निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई सजायसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको पत्र
-
केरा खानुका फाइदा ।
-
पुरी शंकराचार्यको नेपाल भ्रमण तयारी सुरु, धनुषाको देवडिहा आउने
-
कक्षा १२ को परीक्षा गराए ‘देखाइदिने’ शिक्षकहरूको चेतावनी
-
एक खेलको नतिजामा अल्झिएको लिभरपुलको २०औँ उपाधि यात्रा