बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अवैध चिनी ओसार्न प्रयोग गरिएको ट्रक र चालक नियन्त्रणमा

बिहीबार, १७ असार २०७८, २० : १५
बिहीबार, १७ असार २०७८

अवैध रूपमा तस्करी भएर आएको एक ट्रक चिनी र चिनी ओसार्न प्रयोग गरिएको ट्रकका चालकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। भारतदेखि तस्करी भएर आएको ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरी बिओपीका इन्सपेक्टर दिलबहादुर पन्तको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको रहेको छ ।  बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरादेखि अवैध चिनीसहित को १ ख २१२९ नम्बरको मिनी ट्रक पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले जानकारी दिए ।

तस्करी भएर चिनी ल्याउँदै गरेको मिनी ट्रकका सवारी चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेशकुमार खत्वीलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । चालक खत्वीले विराटनगरको भट्टीमोडसम्म पुर्याउने जिम्मा लिएको खुलेको छ ।

प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगन्ज २ का विसनदेव मेहताको हो । भारतदेखि तस्करी भएर आएको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको थियो । अमरडुवादेखि ट्रकमा चिनी लोड गरेर तस्करीको चिनी विराटनगर ल्याउने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 

तस्करी भएर आएको चिनी सुनसरीको कप्तानगन्जमा होलसेल पसलको कारोबार गर्ने अरविन यादवको रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनले तस्करी भएर आएको चिनी विराटनगरसहितको पूर्वको विभिन्न सहरमा पठाउने गरेको छन् । बरामद चिनी बिओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप