नेपाल वायुसेवा निगमको दीर्घ सेवा पदकबाट ४ पाइलट सम्मानित
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ६३औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले बीस वर्षे सेवा अवधि पुरा गरेका चारजना कर्मचारीहरुलाई सम्मान गरेका छन् । दीर्घ सेवा पदकबाट वरिष्ठ पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र उज्जवल सिलवाल सम्मानित भएका छन् ।
महाप्रबन्धकले निगमका कर्मचारीहरुले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा बधाई व्यक्त गर्दैै भविष्यमा आइपर्ने समस्याहरूमा डटेर योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
विगतमा आर्जन गरको प्रतिष्ठामा केही धुमिल अवस्था देखिएको भन्दै महाप्रबन्धकले त्यसका लागि आन्तरिक मात्र नभै बाह्य कारणको पनि भूमिका रहेको उल्लेख गरे । महँगो ब्याजको ऋण, महँगो हवाई इन्धन र देश प्रतिकूल विमानहरु किन्नु परेका कारण निगमले दोष बोक्नु परेको चर्चा गर्दै निगमको प्रयासमा हवाई इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी