शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा एम्बुलेन्समाथि पहिरो खस्यो, एक महिलाको मृत्यु

बिहीबार, १७ असार २०७८, १९ : १५
बिहीबार, १७ असार २०७८

कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकजना महिलाको मृत्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको हो  ।  मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । 

प्रहरीकाअनुसार एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । खहरे खोलामा लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेपछि चालक भागेका थिए । उनी अहिले घाइते छन् । उनको अहिले पोखरामा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप