गण्डकीमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा ३,तनहुँमा २, बागलुङ १ र नवलपरासी पूर्वमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा –१३ की ५४ वर्षीया महिला, पोखरा –११ की ९३ वर्षकी महिला, पोखरा –६ की ७७ वर्षकी महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी तनहुँको भिमाद –६ की ८१ वर्षकी महिला र ब्यास–११ की ४५ बर्षिय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै, नवलपरासी पूर्वमा कावासोती–१ की ७८ बर्षिय महिला र देवचुली –९की ६० बर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै बागलुङको बागलुङ–७ का ४५ वर्षका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको संयोजक शर्माले बताए । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५६ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २२२ जनाको नमुना परिक्षण गरिएकामा ४४८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१९ पुरुष र २२९ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका १५३, म्याग्दीका ३६, पर्वत २८, लमजुङ १४, गोरखा ५४, तनहुँ ८, बाग्लुङ ७२, स्याङ्जा ३२, मुस्ताङ १ र नवलपुरका ५० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ हजार १९८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५२ हजार २६१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा