‘अन्तिम’ को फेरि सुटिङ गर्दै सलमान

अभिनेता सलमान खान फिल्म ‘अन्तिम : द फाइनल टुथ’ को सुटिङ फेरि सुरु गर्ने भएका छन् । महेश मान्जरेकर निर्देशक रहेको फिल्मको सुटिङ गत वर्ष सुरु भएको थियो । तर कोरोनाको कहरका कारण यो पुरा हुन पाएको थिएन ।
फिल्मको बाँकी सुटिङ मुम्बईमा हुनेछ । फेडरेशन अप वेस्टर्न सिने एप्लाएजका सेक्रेटरी अशोक दुबेले फिल्मको सुटिङ हुन लागेको आधिकारीक पुष्टि गरे । दुबेले फिल्म युनिट सुटिङको लागि विगत ४ दिनदेखि तयारी गरिरहेको बताए । सुटिङ मुम्बईको कमालिस्तान स्टुडियोमा हुनेछ ।
समाचारका अनुसार सलमान यो फिल्ममा भावानात्मक रुपमै जोडिएका छन् । किनभने फिल्ममा उनका बहिनी ज्वाई आयुष शर्मा पनि मुख्य भूमिकामा छन् । आयुषले फिल्ममा ग्याङ्स्टारको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा सलमान,आयुषको अलवा प्रज्ञा अग्रवाल र जिशु सेन गुप्ताको मुख्य भूमिका रहनेछ । फिल्म सलमान खान फिल्म प्रोडक्सनले नै निर्माण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्