मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

यथास्थितिमा बालुवाटार नजाने माधव समूहको निर्णय

बिहीबार, १७ असार २०७८, १८ : १४
बिहीबार, १७ असार २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेकाे नेता याेगेश भट्टराईले जानकारी दिए ।  बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा नेपाल पक्षको आपत्ति रहेको छ । 

 माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ । विहान ११ बजेबाट बसेकाे बैठक ६ बजे सकिएकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप