शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा–सिरहा जोड्ने निर्माणाधीन कमला पुल भासियो

बिहीबार, १७ असार २०७८, १७ : ३४
बिहीबार, १७ असार २०७८

धनुषा–सिरहाको सिमावर्ती क्षेत्रस्थित हुलाकी राजमार्गमा निर्माणाधीन कमला पुल भासिएको छ ।  ०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने भन्दै सम्झौता भएको उक्त पुल सञ्चालनमा नआउँदै भासिएको हो ।

सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन उक्त पुलको स्पान भासिएपछि तत्काल सञ्चालन हुने सम्भावना टरेको छ । धनुषा र सिरहा जिल्लालाई जोड्ने पुलको १२ वटा स्पानमध्ये पूर्व–पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कँडेलले भने– ‘पुलमा १२ वटा स्पान बनाइएको छ, जसमध्ये सिरहा तर्फबाट दोस्रो स्पान करिब एक फिट तल भासिएको छ । यसमा गुणस्तरहीन कार्य भएको हुनसक्छ ।’

४२ महिनामा पुल निर्माण कार्य सम्पन्न गर्ने सम्झौतासहित पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले काम सुरु गरेका थिए । समयमा पुल निर्माण नभएको भन्दै पटक–पटक म्याद थपिँदै आएको थियो । पछि सो कन्स्ट्रक्सनले काम गर्न नसकेपछि लुम्बिनी बिल्डर्सले ठेक्का पाएको प्रमुख जिल्ला अधिकारी कँडेल​ले बताए ।  बिल्डर्सले ०७८ साल असार १३ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता गरेको थियो । तर हस्तान्तरण गर्न बाँकी रहँदा नै पुलको स्पान भासिनुले गुणस्तरहीन काम भएको हुनसक्ने देखिएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप