बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभामा काँग्रेसले उठायो प्रधानमन्त्री र राष्ट्रपतिको भूमिकामा प्रश्न

बिहीबार, १७ असार २०७८, १७ : ०४
बिहीबार, १७ असार २०७८

नेपाली काँग्रेसले राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएको छ । आजदेखि सुरु भएको राष्ट्रिय सभाको बर्षे अधिवेशनको पहिलो बैठकमा बोल्दै काँग्रेसका सांसद राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिका प्रति प्रश्न उठाएका हुन् ।  उनले राष्ट्रपतिजस्तो गौरवको संस्था केवल प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नेमा सिमित भएको टिप्पणी गरे । 

कोरोना संकटले मुलुक ग्रस्त भएका बेला प्रधानमन्त्रीले दुई पटक संसद विघटन गर्नु औचित्यपूर्ण नभएको बताए ।  उनले भने– ‘एकातिर लकडाउन गर्ने र अर्कोतिर प्रतिनिधिसभाको २ पटक विघटन गर्ने विडम्बनापूर्ण काम भएको छ । प्रधानमन्त्रीले अहिले चुनावको घोषणा गरेपनि परिस्थिति ठीक छैन । सर्वोच्चले  राजनीतिक विषयको मुद्दा हेर्न नहुने सत्ता पक्षको सांसदले भन्नुभयो । हिजो पनि सर्वोच्चले हेरेको थियो र भोलि पनि हेर्नेछ ।’

उनले सरकारले ४५ लाखभन्दा बढी खोप उपलब्ध गराउन नसकेको बताउँदै त्यो खोप २० लाख जनसंख्याका लागि मात्र ठीक भएको बताए ।  ७ दशमलव ५ प्रतिशतले जनताले मात्र खोप लगाउन पाएको भन्दै उनले १० लाख खोप मात्र खरिद गरेको उल्लेख गरे ।

उनले भने– ‘सरकारले खोप ल्याउने भनेर प्रचार गरेपनि खोप ल्याउन नसकेको तितो यथार्थ हो । छिमेकीसँग कुटनीतिक सम्बन्ध कस्तो छ उदाङ्गो भएको छ । सरकार कुटनीतिक मामिलामा असफल भएको छ ।’  कोभिडको असर सामाजिक आर्थिक क्षेत्रमा परेका बेला ४ पटक स्वास्थ्यमन्त्री फेर्नु सरकारको असफलता भएको बताए । 

सांसद अधिकारीले किसानले मल नपाएर अहिले पनि मलको हाहाकार परेको बताए । यस्तै विद्यालय शिक्षामा समस्या, अक्सिजन अभावमा नागरिकहरुले मृत्युवरण भइरहेको प्रति सरकारले मतलब  नगरेको आरोप लगाए । 
आफ्ना सहकर्मीलाई समेत समेट्न नसक्ने प्रधानमन्त्रीले  प्रतिपक्षलाई पनि मिलाएर लैजान सक्नेमा विश्वास नभएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप