शुक्रराजमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा सुरु
बिहीबार, १७ असार २०७८, १५ : ४५
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा सुरु भएको छ । शुक्रराज अस्पतालमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा सुरु गरिएको अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले जानकारी दिए ।
अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका २ हजार ११ जनाले यो बिमा कार्यक्रमबाट फाइदा लिन सक्ने अस्पतालले जनाएको छ । यद्यपि, स्वास्थ्य बीमा बोर्डले भने यसअघि नै एचआइभी संक्रमितको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरिसकेको थियो । स्वास्थ्य बीमा गरेका एचआइभी संक्रमितहरुले वार्षिक १ लाख सम्मको निशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित