झापाको होल्डिङ्ग सेन्टर निर्माणको जिम्मा हनुमान कन्स्ट्रक्सनलाई
![झापाको होल्डिङ्ग सेन्टर निर्माणको जिम्मा हनुमान कन्स्ट्रक्सनलाई](https://rpcdn.ratopati.com/media/albums/holding-center_IMRXFkPBvb.jpg)
झापाको मेचीनगरमा बनाउन लागिएको होल्डिङ्ग सेन्टर निर्माणको जिम्मा ललितपुर २५ को हनुमान कन्स्ट्रक्सनले पाएको छ । नेपाली सेनाको सहजीकरणमा हनुमान कन्स्ट्रक्सनले निर्माण गर्ने होल्डिङ्ग सेन्टर १००० क्षमताको हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
झापा भारतसँगको सीमावर्ती जिल्ला भएकाले सङ्क्रमणको समयमा भारतबाट नेपाल आउने व्यक्तिहरूको स्क्रीनिङ गरि सम्बन्धित पालिकासम्म सुरक्षित ढङ्गबाट पुर्याउन होल्डिङ्ग सेन्टरको निर्माण गर्न लागिएको प्रजिअ तिमिल्सिनाले बताए । रोजगारी, अध्ययन, उपचार लगायत विभिन्न कारणले भारत गएका नेपाली नागरिकहरूलाई महामारीको समयमा झापामा काकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न दिइँदै आएको छ । यसरी नेपाल आएका मानिसहरूको स्वास्थ्य परीक्षण गरिने, नेगेटिभ रिपोर्ट आएकाहरूलाई सम्बन्धित पालिकाहरु सँगको समन्वयमा सवारीसाधन व्यवस्थापन गरि गन्तव्यसम्म पठाउने र पोजेटिभ देखिएकाहरूलाई छुट्टै आइसोलेसन सेन्टरमा पठाउने काम होल्डिङ्ग सेन्टरबाट हुने उनको भनाई छ ।
जिल्लाको मेचीनगर १४ दुवागढीमा सेन्टर निर्माणको लागि ४ बिगाह क्षेत्रफल छुट्याइएको र निर्माण सहजीकरण नेपाली सेनाको चारआलीस्थित श्री नयाँ श्रीनाथ गणले गर्ने गणपति कर्णेल अमरजङ्ग थापाले जानकारी दिए । होल्डिङ्ग सेन्टर निर्माण सम्पन्न भएपश्चात् त्यसको व्यवस्थापन नेपाली सेनाले गर्नेछ । होल्डिङ्ग सेन्टरमा २२ ओटा घर हुने, प्रत्येक घरमा एउटा शौचालय र हरेक दुई घरका लागि एउटा भान्साघर हुने, घरहरू मध्ये दुई ओटा घरमा मेडिकल टिम रहने र बाकी घरहरूमा सामाजिक/भौतिक दुरी कायम गरि मानिसहरू राखिने कर्णेल थापाले बताए ।
प्रिफ्याब प्रविधिबाट निर्माण हुने प्रत्येक घरको लम्बाइ १७७.५ फिट र चौडाइ १९.५ फिट हुने हनुमान कन्स्ट्रक्सनका साइट मेनेजर जागृत चौरेलले बताए । मेचीनगरको बसपार्क क्षेत्रमा यस अघि नै निर्माण गरिने भनिएको होल्डिङ्ग सेन्टरको लागि क्षेत्रफल अपुग भएकाले नयाँ स्थान पहिचान गरिएको उनको भनाई छ । स्थानीयवासी तथा जनप्रतिनिधिसँगको छलफल तथा सहकार्यमा तत्कालै नयाँ क्षेत्रमा नाप जाँच गरि काम सुरु गरिने साइट मेनेजर चौरेलले जानकारी दिए । काम सुरु भएको तीन महिनामा निर्माण सम्पन्न हुने उनको भनाई छ । हनुमान कन्स्ट्रक्सनले पूर्वको झापा, विराटनगर लगायत पश्चिमको धनगढीसम्म आठवटा होल्डिङ्ग सेन्टर बनाउने जिम्मा लिएको चौरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप