बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आइएमई जनरल इन्स्योरेन्सले शंखरापुर नगरवासीलाई सम्पूर्ण निर्जीवन बीमा सेवा उपलब्ध गराउने

बिहीबार, १७ असार २०७८, १४ : १७
बिहीबार, १७ असार २०७८

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बीच नगरवासीको भौतिक सम्पत्ति, बालीनाली, पशुपन्छी तथा कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिका वासीहरुले आफ्नो पशुपन्छी तथा बालीनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकहरूको बालीनाली, पशुपन्छी तथा कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता पनि कम्पनीले गरेको छ ।

सोही अवसरमा नगर प्रमुख सुवर्ण श्रेष्ठले आफूले आफ्ना नगरवासी कृषकहरूको पशुपन्छी, बालीनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदीबहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफनो सम्पत्तिको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप