बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

पृथ्वी राजमार्गको मलेखु-मुग्लिन क्षेत्रमा पहिरो

बिहीबार, १७ असार २०७८, १३ : ३१
बिहीबार, १७ असार २०७८

वर्षाका कारण पृथ्वीराजमार्गको मलेखु मुग्लिन क्षेत्रमा बिहिबार राति पहिरो गएर सडकमा अवरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताएका छन् ।

राजमार्गको सडक माथिबाट ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा जारी रहेकाले पहिरो हटाउन समेत समस्या भएको  छ । गल्छी गाउँपालिकाको बेरैनीमा सडक माथिबाट लेदो बगेर बाटो बन्द भएको छ । राजमार्गमा पहिरो हटाउन ठाउँठाउँमा डोजर राखिएको र पहिरो आउने बित्तिकै हटाउने गरिएको जिल्ला प्रहरी प्रमुख खड्काको भनाइ छ । अबिरल वर्षाका कारण मलेखु, ताल्ती, बेल्खु खोलामा ठूलो बाढी आएकाले खोला छेउमा बसीरहेका केहीले  घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।

नदीमा डुबेर एक बेपत्ता
त्रिशूली नदीमा माछा मार्न गएका एक युवा बिहिबार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटारनिवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरिक्षक खड्काले बताए । त्रिशुलीमा एक महिनामा तीन जना बेपत्ता भइसकेका​ छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप