बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

इजलासमा अग्नि खरेलले सोधे–श्रीमानहरुको फैसलाले पुनःस्थापित संसदले कुनै काम गर्न सक्यो ?

बिहीबार, १७ असार २०७८, १३ : ३०
बिहीबार, १७ असार २०७८

विघटन मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन स्वभाविक भएको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका खरेलले संवैधानिक इजलासमा प्रश्न गरे–‘अदालतबाट श्रीमानहरूले फागुन ११ मा पुन स्थापित गरेको संसदले कुनै काम गर्न सक्यो ? पहिलो बैठकबाट कुनै निर्णय हुन सक्यो ?’

पुनः स्थापित संसदको बैठकमा अध्यादेशबारे छलफलको एजेन्डा राखिएपनि त्यसमा कुनै छलफल र निर्णय हुन नसकेको खरेलले बताए । उनले भने–‘हामीले यसअघिको विघटनको बेलामा पनि अहिलेको संसदले सरका दिन सक्दैन भनेका थियौं । ’

‘फागुन ११ को फैसलापछि पुनस्थापित संसदले सरकार दिन सक्यो त ?’ खरेलले प्रश्न गरे–‘संसदले काम गर्न सक्यो त श्रीमान ?’

खरेलले ७६ (५) मा हिृप लाग्ने दावी पनि गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले हिृपबारे उनलाई प्रश्न गरे । 

प्रधान न्यायाधीशले सोधे- हिृप लगाउनु पर्ने अनिवार्यता छ र ? एमालेले भोलि ह्विप नलगाउन पनि सक्छ नी, हैन ? नलगाए के हुन्छ ? 

जवाफमा खरेलले भने,  'अनिवार्य ब्यवस्था हो श्रीमान । लामो अनुभव पछि हिृप लगाउने ब्यवस्था अहिलेको संविधानमा गरिएको हो ? 

अदालतलाई रेफ्रीको रुपमा ब्याख्या गरेपछि खरेललाई न्यायाधीश डा. आनन्दमोहन भट्टराईले सोधे,‘ तपाई निर्माणमा पनि संलग्न हुनुहुन्थ्यो, अदालतलाई रेफ्रीको रुपमा ब्याख्या गर्नुभयो, अदालत संविधानको व्याख्याता होकि रेफ्री मात्रै हो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप