मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन क्षेत्रको उत्थानमा बजेट केन्द्रित गर्न सुझाव

बिहीबार, १७ असार २०७८, १३ : २३
बिहीबार, १७ असार २०७८

आर्थिक वर्ष २०७८/७९ का लागि बजेटको तयारी गर्दै गरेको पर्यटन बोर्डलाई सरोकारवाला निकाय, व्यवसायी तथा सञ्चारकर्मीहरूले कोभिड प्रभावित समग्र पर्यटन क्षेत्रको उत्थानका लागि बजेट केन्द्रित गर्न सुझाव दिएका छन् । बिहीबार बोर्ड मार्फत आयोजित भर्चुअल कार्यक्रममा बोल्दै सरोकारवाला व्यक्तिहरुले बोर्डलाई यस्तो सुझाव दिएका हुन् । 

कोभिड–१९ को उच्च चपेटामा परेको पर्यटन क्षेत्रको सुधार एंव वृद्धि विकाससँगै प्रभावित व्यवसायी, श्रमिक, गाइड तथा पोर्टलहरुको व्यवसायीक सुरक्षामा बोर्डको बजेट केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । 
साथै, कोभिड–१९ को प्रभाव तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरु आगमन हुने संभावना नभएको अवस्थामा सो क्षेत्रको गतिशीलताका लागि आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु ल्याउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । 

पर्यटन बोर्डले आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट ल्याउने तयारी गरिरहेको छ । सो बजेटका लागि सरोकारवाला निकायहरुसँग राय, सल्लाह तथा सुझावका लागि सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममार्फत प्राप्त सल्लाह, सुझाव तथा प्रतिकृयालाई बोर्डले बजेट मार्फत सम्बोधन गर्ने बजेट तयारी समितिका सदस्य समेत रहेका बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप