जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ
बिहीबार, १७ असार २०७८, १३ : १७
जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी पुर्नवास नगरपालिका–८ का हर्कबहादुर धामीलाई प्रहरीले आज पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।
कञ्चनपुर जिल्ला अदालतको विसं २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए । पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
यसैगरी बेचबिखन मुद्दामा रु ५० हजार जरिवाना भई लगतमा बसेका भीमदत्त नगरपालिका–१८ का यादव पाण्डेय, जालसाजी मुद्दामा रु ३७ हजार ५०० जरिवाना भई लगत भई बसेका कृष्णपुर नगरपालिका–४ का चन्द्रबहादुर साउद र सार्वजनिक मुद्दामा रु ३०० जरिवाना भई लगत बसेका बैतडी हटैराज गाउँपालिका–४ का लक्ष्मी चन्दलाई अदालतमा उपस्थित गराई असुलउपर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या