
अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना
बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । ७० वर्षका शाह केही दिन अगाडि अस्पताल भर्ना भएका हुन् । अभिनेतालाई फोक्सो तथा निमोनियाको समस्या देखिएको छ । यसअगाडि पनि कयौं पटक शाहको स्वास्थ्य अवस्थाबारे यस्तै समाचार बाहिर आएको थियो । तर, ती खबर सबै झुटो साबित भएका थिए । अहिले भने खबर साँचो भएको शाहका म्यानेजरले बताएका छन् ।
म्यानेजरले भने– ‘शाहलाई दुई दिनदेखि अस्पताल भर्ना गरिएको छ । उनी डाक्टरको निगरानीमा रहेका छन् । निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो । अहिले फोक्सोमा पनि समस्या छ र अवस्था स्थिर रहेको छ ।’
शाहले १९७५ को फिल्म ‘निशान्त’ बाट बलिउड डेब्यु गरेका थिए । अहिलेसम्म उनले एकसय बढी फिल्म अभिनय गरेका छन् । उनी पछिल्लो समय ‘रामप्रसाद की तेरहवी’ मा देखिएका थिए । उनी फिल्ममा दमदार अभिनय गर्ने अभिनेताको रुपमा परिचित छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ