‘सीता’ को भूमिकाका लागि करीनाले १२ करोड मागेपछि...
![‘सीता’ को भूमिकाका लागि करीनाले १२ करोड मागेपछि...](https://rpcdn.ratopati.com/media/albums/65054f5185f41feaf46a7667f10d941c_original_yROxhB5RMA.webp)
दोस्रोपटक आमा बनेकी बलिउड अभिनेत्री करीना कपूरको नयाँ भूमिकाले चर्चा पाएको छ । उनले नयाँ फिल्ममा 'सीता'को भूमिकाको लागि १२ करोड (भारतीय रुपैयाँ ) मागेपछि उनी चर्चामा आएकी छन् ।
उनले फिल्मका लागि अत्यधिक रकम माग गरेको भन्दै सामाजिक सञ्जालमा उनलाई 'सीता'को भूमिका दिन नहुने बताएका छन् । उनीहरुले ६ देखि ८ करोड पारिश्रमिक लिने करीनाले १२ करोड मागेपछि उनको धेरैले विरोध गरेका छन् ।
करीना पारिश्रमिकका कारण चर्चामा आएपछि बलिउड अभिनेत्री तापसी पन्नुले यस विषयमा चासो व्यक्त गरेकी छन् । उनले करीनाको पारिश्रमिकलाई लिएर हल्ला चलाउनु संकिर्ण मानसिकता भएको बताएकी छन् । उनले करीनाको सट्टामा अरु कसैले त्यति पारिश्रमिक मागेको भए बजारको भाउ बढेको भन्नेहरुले करीना महिला स्टार भएकै कारण पारिश्रमिक माग्दा विवादमा तानिनुपरेको उनले जिकिर गरिन् ।
उनले यसै विषयमा लेखेकी छन्, “करीनालाई १२ करोड दिनुहुँदैन ? उनी देशकै सबैभन्दा ठूलो सुपरस्टार हुन् । उनले आफ्नो काम अनुसार पारिश्रमिक माग्नु उनको काम हो ।”
मिडिया रिपोर्टका अनुसार उक्त फिल्ममा अभिनेता सैफ अली खान पनि देखिनेछन् । उनी लंकाका रावणको भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर
-
कल्भर्ट भत्किँदा च्यापिएर एक जनाको मृत्यु
-
सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन
-
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान
-
१० बजे, १० समाचार
-
कृषिमा फट्को मार्न ‘एग्री–विजनेश’मा जोड