बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आजदेखि आन्तरिक हवाइ उडान सुरु, कुन फ्लाइटले कति पाए स्वीकृति ?

बिहीबार, १७ असार २०७८, १२ : ०७
बिहीबार, १७ असार २०७८

करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सुचारु भएका छन् । गत असार ७ गतेको सरकारको निर्णय अनुसार आन्तरिक उडानमा कोटा प्रणाली लागू गरी सञ्चालन गर्ने निर्णयानुसार आजदेखि आन्तरिक उडान समेत सञ्चालनमा आएका हुन् । 

त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् । बिहीबार बिहानैदेखि चार उडान कम्पनीले उडान शुरु गरिसकेका छन् । 
ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका हुन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले उडान शुरु गर्न बाँकी रहेको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजेन्द्र क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरको ३१, यती एयरले १५, श्री एयरले १० र सौर्य एयरले ३ उडानको स्वीकृति पाएका छन् भने, बाँकी सीता, तारा, समिट लगायतका एयरलाइन्सले कति फ्लाइट पाउने टुंगो लागिसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप