शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो

बिहीबार, १७ असार २०७८, ११ : ३९
बिहीबार, १७ असार २०७८

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आईपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि खुल्ला भएको छ । 
प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा मात्र सर्वसाधारणका लागि खुल्ला गरेको हो । 

सोही ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 
बिहीबारबाट खुल्ला भएको कम्पनीको आईपीओ आउँदो असार २१ गतेसम्म जारी रहनेछ । यद्यपी, माग अनुरुप आवेदन नपरे आईपीओको म्याद असार ३० गतेसम्म जारी राख्ने कम्पनीले जनाएको छ । 

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप