पाल्पामा अज्ञात समूहद्वारा वडा कार्यालयसहित ६ स्थानमा तोडफोड

person explore access_timeअसार १७, २०७८ chat_bubble_outline0

पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५  को वडा कार्यालय सहित विभिन्न स्थानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ ।  तोडफोडबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।  


 गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार मुझुङ टोलमा रहेको वडा नम्वर ५ को कार्यालय , कालिका माविको कार्यालय , महिला सहकारी संस्था, हुलाक कार्यालय , कृषि सहकारी संस्थाको कार्यालय र नेत्रबहादुर कार्कीको पसल तोडफोड भएको हो । क्षतिको एकिन विवरण  संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।   
पाल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले  घटनाको पुष्टि गर्दै  जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।  





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।