बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नदीहरुमा पानीको सतह दैनिक बढ्दै, सजग रहन रौतहट प्रशासनको आग्रह

बिहीबार, १७ असार २०७८, १० : ०२
बिहीबार, १७ असार २०७८

 सिन्धुलीको मरिनखोला कुसुन्तार वर्षामापन केन्द्रमा गरिएको मापनअनुसार पछिल्लो ६ घण्टा भारी भएको छ । मरिन कुसुन्तार, बागमती राइगाउँ, पधेरादोभान लगायत बाढी मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए। जसका कारण रौतहटका नदीहरुमा जलसतह बढ्दै गएको छ । 

आज बिहान रौतहटको बागमती नदीमा पानीको तह ६५० मिलिलिटर र बकैया नदीमा अन्दाजी ५ देखि साढे ५ फिट पानीको सतह बढेको यादवले बताए । चाँदी,झांझ, गुजरा लगायतको खोलामा समेत पानीको सतह बढिरहेको अवस्था भएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई विशेष रूपमा सजग रह्न जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।

विज्ञहरुका अनुसार बागमती नदीमा ५०० मिलिमिटर भन्दा बढी पानीको बहाव तथा मापन देखिएमा त्यसलाई खतराको संकेत मानिन्छ ।
जिल्लाको पूर्वीभेगमा बागमती र पश्चिममा लालबकैया नदीमा ठुलो बाढी आएमा दक्षिणी भेगका केही गाउँ र सदरमुकाम गौर डुबानमा पर्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप