शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

जाडन सान्चोलाई म्यानचेस्टरमा बेच्न बोरुसिया डर्टमुन्ड सहमत

बिहीबार, १७ असार २०७८, ०९ : ४२
बिहीबार, १७ असार २०७८

जाडन सान्चोलाई  क्लबमा भित्र्याउनका लागि ७ करोड ३० लाख पाउन्ड तिर्ने सहमति म्यानचेस्टर युनाइटेडले बोरुसिया डर्टमुन्डसँग गरेको छ । २१ वर्षीय इंलिस विंगरले अझै पनि युनाइटेडसँग  मेडिकल परीक्षण र अन्य व्यक्तिगत सम्झौताहरु गर्न बाँकी छ । 

उनले पाँच वर्षका लागि क्लबसँग सम्झौता गर्ने अपेक्षा गरिएको छ । यो सम्झौतापछि उनी सर्वाधिक महंगा इंलिस खेलाडीको सुचीमा दोस्रो नम्बरमा आउनेछन् , यसअघि २०१९ मा ह्यारी म्यागुइरलाई  लेस्टरबाट युनाइटेडले ८ करोड पाउन्डमा किनेको थियो । 

सन् २०१७ मा डर्टमुन्ड जानुअघि सान्चोे म्यानचेस्टर युनाइटेडको चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीबाट खेल्थे । गत सिजनमै युनाइटेडले उनलाई क्लबमा भित्र्याउन चाहेको थियो, तर उनको स्थानान्तरण मुल्यमा सहमति जुटेन । 

सान्चोले डर्टमुन्डका लागि १ सय ३७ खेलमा ५० गोल र ५७ एसिस्ट गरेका छन् । गत मेइमा डर्टमुन्डलाई जर्मन कपको उपाधि जिताउने क्रममा फाइनलमा आरबी लेइपजिगविरुद्ध उनले दुई गोल गरेका थिए, यो खेल डर्टमुन्डले ४–१ ले जित्यो । 

२०१८ मा इंलिस टिममा डेब्यु गरेयता उनले २० खेलमा तीन गोल गरेका छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप