मेसी र बार्सिलोनाबीचको सम्झौता सकियो, यी क्लबलाई मेसीमा चासो
![मेसी र बार्सिलोनाबीचको सम्झौता सकियो, यी क्लबलाई मेसीमा चासो](https://rpcdn.ratopati.com/media/albums/lionel-messi-barcelona-vs-psg-champions-league-2020-21_1dnrczrcgke9l18kh6pidntr09_uztF36jZwF.jpg)
बार्सिलोनाका समर्थकहरुले लामो समयदेखि जे डर मानेका थिए, त्यही दिन आएको छ । मेसी अब बार्सिलोनाका खेलाडी रहेनन्, आफ्नो पहिलो व्यवसाहिक सम्झौता गरेको ७ हजार ५ सय ४ दिनपछि यो पहिलोपटक हो, जतिबेला मेसीसँग क्लबको कुनै सम्झौता बाँकी छैन ।
जुलाई महिना सुरु भएसँगै मेसी क्लबविहिन बनेका हुन् । उनी चाहेको क्लबमा जानसक्छन् । बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेसीसँगको पुरानो सम्भौता सकिनु अगावै उनीसँग नयाँ सम्झौता गर्ने योजना बनाएका थिए, तर क्लबको आर्थिक समस्याका कारण ३० जुन अगावै सम्झौता गर्ने योजना सफल भएन ।
यसको अर्थ मेसीले क्लब नै छाड्दैछन् भन्ने पनि होइन । किनकी, क्लबका अधिकारी तथा प्रशंसकहरुलाई मेसीले नयाँ सम्झौतामा हस्ताक्षर गर्छन् भन्ने नै लागेको छ । मेसीले केही दिनभित्रै नयाँ सम्झौत ागर्ने अनुमान गरिएपनि केही पक्का भने भइसकेको छैन । मेसी अहिले कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्नका लागि अर्जेन्टिनाको टोलीमा छन् ।
बार्सिलोनाका अध्यक्ष लापोर्टाले फ्यानहरुलाई शान्त रहन भनेका छन् । उनी चाडोंभन्दा चाडों मेसीसँग सम्झौता गर्न चाहन्छन् ।
स्थानान्तरणको हल्ला
मेसीका लागि ठूलो खर्च गर्नुपर्ने भएकाले चाहेर पनि सबै क्लबले मेसीलाई भित्र्याउन सक्दैनन् । विगतमा पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटी र इन्टर मिलानले मेसीलाई भित्र्याउने विषयमा चासो दिएका थिए ।
तर, यसपटक अन्य क्लबहरुसँग उनको कुराकानी भएको छैन ।
किनकी, जोआन लापोर्टा अध्यक्ष बनेर आएपछि मेसीलाई क्लबमै राख्ने कुरालाई प्राथमिकता दिइएको छ । त्यसैकारण, मेसी आफ्नो बाल्यकालदेखिकै क्लबमा बस्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता