आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

बिहीबार, १७ असार २०७८, ०६ : २४
बिहीबार, १७ असार २०७८

सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एकलाई सचिवमा बढुवा निर्णय गर्नेछ ।

सोही मन्त्रिपरिषद् बैठकले एकसाथ चार जनालाई सचिवमा बढुवा गर्नेछ । समितिको सोमबार बसेको बैठकले ज्येष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम अर्को बैठकले कृषि तथा वन र इञ्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस गरिसकेको छ ।

सिफारिस गरिएकालाई मन्त्रिपरिषद्ले सचिव बनाउने निर्णय गरेपछि मात्रै रिक्त अन्य सचिवका लागि समिति बैठक बस्ने बताइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप