शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबार कुन-कुन राशिका लागि शुभ ?

बिहीबार, १७ असार २०७८, ०६ : १४
बिहीबार, १७ असार २०७८

वि.सं.२०७८ साल असार १७ गते । बिहीबार । ईश्वी सन् २०२१ जुलाई ०१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि–सप्तमी,३० घडी ११ पला, बेलुकी ०५ बजेर १८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– पूर्वाभाद्रपदा,०१ घडी ५६ पला,बिहान ०६ बजेर ०० मिनेट उप्रान्त उत्तराभाद्रपदा  । योग–सौभाग्य,२४  घडी २५ पला, दिउसो ०२ बजेर ५९ मिनेट उप्रान्त शोभन । करण– बव,बेलुकी ०५ बजेर १८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मीन । 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । अध्ययनमा मन सुधार हुदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । परिवारका साथ घरमै बसी समय व्यातित गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गीत संगित क्षेत्रमा रुची बढ्ने हुदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ । समयको गतीसँगै अगाडी बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुरु गरीएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । समयले साथ दिने हुँदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्त हुनेछ । अग्रज तथा दिदिबहिनीबाट तपाईंको हरेक काममा सहयोग प्राप्त हुनेछ ।  खोजीमुलक क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेकोछ । नीति नियम तथा कानुनको जगेर्ना गर्ने काममा तथा पद्दतिको खिलाप लाग्नेहरुका बिरुद्ध आवाज बुलन्द गर्नु पर्ने हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन शुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउदै अगाडी बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । पुराना स्वास्थ्य सम्वन्धी समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउको भ्रमण गरी रमाउने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुने हुँदा सामाजिक पद प्रतिष्ठा पाइने योग रहेकोछ । अध्ययन अध्यापनमा समय दिए अनुशार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझाबलाई मनन गर्दै अगाडी बढ्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रिबाट मनग्गे धन लाभ हुनेछ भने माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शाहशिलो कामगर्ने जोसजागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको गाठो कसिलो भएर जानेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु हुनेछन् । कार्यक्षेत्रमा तपार्ईँको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुशी हुनेछन् । पारिवारिक माहोलमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।  माया प्रेममा सामिप्यता बढेर जानेछ ।  

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर तान्न सकिनेछ ।

तपाईँ दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डिपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप