इराकमा तापक्रम ५१ डिग्री सेल्सियससम्म पुग्यो, तातो हावा चल्दा जनजीवन प्रभावित

इराकका कतिपय शहरमा तापक्रम बढ्दा त्यहाँको जनजीवन निकै नै प्रभावित भएको छ । समाचारमा जनाइएअनुसार इराकका मध्य तथा दक्षिण प्रान्तहरुमा अकस्मात तापक्रम बढेको बताइएको छ । यहाँका मौसम विद्हरुले यहाँको तापक्रम कम्तीमा पनि ५१ डिग्री सेल्सियस पुगेको बताएका छन् । जसका कारण ती प्रान्तहरुमा निकै नै तातो हावा चलेको छ र नागरिकमा स्वास्थ्यका गम्भीर समस्याहरु देखिएका छन् ।
इराकको मौसम विभागले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँको दक्षिणी क्षेत्रका बासरा, क्वादिसान र मुथाना प्रान्तमा तापक्रम बढेर ५१ डिग्री सेल्सियससम्म पुगेको छ ।राजधानी बगदादलगायतका अरु कैयौँ क्षेत्रको तापक्रम भने ५० डिग्री नै पुगेको छ । यसरी देशव्यापी रुपमा तातो हावा नै चलेको छ । जसका कारण यहाँको जनजीवन निकै नै प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँका सरकारी निकायले नागरिकलाई अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्किन र पर्याप्त मात्रामा झोल पदार्थको सेवन गर्न पनि सार्वजनिक सूचनाहरु दिएका छन् ।यो तातो हावाका कारण बालबालिकामा धेरै असर पर्न सक्ने देखिएको छ । जसले गर्दा देशका अधिकांश भूभागका विद्यालयहरु बन्द गरिएको छ भने देशव्यापी रुपमा नै विदा दिने तयारी गरिरहेको बताइएको छ ।
तातो हावाको असरबाट बच्न र नागरिकलाई आवश्यक सहयोग गर्न सरकारले विभिन्न कार्यक्रमहरु ल्याउने बताएको कुरा पनि समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा