शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेख र कालिकोटमा प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

पुत्ला नियन्त्रणमा लिने दैलेखका प्रहरी निरीक्षक घाइते
बुधबार, १६ असार २०७८, २३ : २७
बुधबार, १६ असार २०७८

विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले दैलेख र कालिकोटमा प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले जिल्ला  सदरमुकाममा प्लेकार्ड प्रदर्शन गरेका हुन् प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत भएको थियो । विद्यार्थी संगठनहरुले जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग समेत गरेका  छन् ।

त्यसलगत्तै विद्यार्थी संगठनका नेता–कार्यकर्ताद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा आन्दोलनकारीबाट पुत्ला नियन्त्रणमा लिने क्रममा दैलेखमा सुरक्षाकर्मी समेत घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठका अनुसार प्रहरी निरीक्षक राजेश साहु घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको डिएसपी श्रेष्ठले जानकारी दिए । उनको दैलेख अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक साहुमाथि आन्दोलनकारीले ढुंगाले प्रहार गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । 

यस्तै प्रदर्शनकारी विद्यार्थी संगठनका केहि कार्यकर्ताहरु समेत घाइते भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको भन्दै प्रहरीले ३० जनाभन्दा बढी आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको केहि समय पश्चात प्रदर्शनकारीलाई छोडिएको डिएसपी श्रेष्ठले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप