बेलायतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, एकैदिन २६ हजार संक्रमित

बेलायतमा कोरोना संक्रमण दर उकालो लाग्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा संक्रमितको संख्या २६ हजार नाघेको छ । एक साताअघि बुधबार संक्रमित संख्या १६ हजार १३५ थियो । सोमबार करिब २३ हजार संक्रमित थपिएका थिए भने हिजो मंगलबार बीस हजार ४७९ नयाँ संक्रमित थपिएका थिए ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा २६ हजार ६८ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्याँकअनुसार संक्रमित संख्या एक हप्तामा झन्डै ७० प्रतिशतले बृद्धि भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि ४८ लाख नाघेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । संक्रमण दरमा बृद्धि भएपनि मृतक संख्यामा भने हालसम्म सामान्य नै रहँदै आएको छ । बेलायतमा हालसम्म कोरोनाबाट एकलाख २८ हजार १४० जनाको निधन भइसकेको छ । बेलायतमा संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएकालाई कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ ।
कोरोनाविरुद्धको खोप वितरण शुरु गरिएयता बेलायतमा ७ करोड ७५ लाखभन्दा बढी डोज खोप वितरण भइसकेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को पछिल्लो तथ्याङ्क अनुसार यहाँ ६२ दशमलव ४ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८४ दशमलव ९ प्रतिशतले पहिलो डोज लगाएका छन् ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा ७ करोड ७५ लाख ९२ हजार २१२ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ४७ लाख १९ हजार ७६२ जनाले पहिलो र तीन करोड २८ लाख ७२ हजार ४५० जनाले दोस्रो डोज लगाएका छन् ।
इङ्ग्ल्यान्डमा लकडाउन खुल्न तीनहप्ता भन्दा कम समय बाँकी रहँदा संक्रमण दर तीव्र रुपमा बढेसँगै मानिसमा थप चिन्ता बढेको छ । जुन महिनामा नै लकडाउन खोल्ने सरकारको प्रतिबद्धता डेल्टा भेरियन्टको प्रभाव बढेपछि जुलाई १९ सम्मका लागि पछि सारिएको थियो । तर, प्रधानमन्त्री बोरिस जोन्सनले भने आगामी जुलाईमा लकडाउन खोल्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता