बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गृह जिल्लामा प्रधानमन्त्रीविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन

बुधबार, १६ असार २०७८, २३ : ०८
बुधबार, १६ असार २०७८

आफ्नै गृह जिल्ला झापामा प्रधानमन्त्री केपी शर्माओली विरुद्ध  विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । बुधबार पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बुधबार साँझ बिर्तामोडको मुक्ति चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पदीय मर्यादा बिर्सिएर जथाभावी बोल्न थालेको भन्दै विद्यार्थीहरूले कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाएर सांकेतिक विरोध जनाए ।

कुकुरलाई भ्याक्सिन लगाउने क्रममा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री केपी ओलीको पोष्टर जलाएका थिए । विद्यार्थीले ओली नसच्चिए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् । 

कार्यक्रममा अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, नेपाल–खनाल निकट अनेरास्ववियु, जनमोर्चा र जनता समाजवादी पार्टीका विद्यार्थी संगठनका विद्यार्थीहरू सहभागी थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप