शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्वालालम्पुर उडान सुचारु, यात्रुले पालना गर्नुपर्छ यी मापदण्ड

बुधबार, १६ असार २०७८, २२ : ०३
बुधबार, १६ असार २०७८

मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडान सुचारु भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार  हप्तामा दुई वटा नेपाली एयरलाइन्स र दुईवटा मलेसियाका एयरलाइन्सका गरी चारवटा उडान गर्ने गरी तय गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड–१९ परीक्षण गरेको फोटो एवं बारकोडरसहितको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ भने  विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापन सम्बन्धी सम्पूर्ण नियम पालना गर्नुपर्नेछ । 

जसका लागि ७ दिनको क्वारेन्टिन सहितको होटेल बुकिङ गर्नुपर्नेछ । 

यस्तै नेपाल जाने टिकट कन्फर्म गर्नु पूर्व आफूसँग भएका कागजातहरू (राहदानी–ट्राभल डकुमेन्ट,भिसा, चेक आउट मेमो) को मान्य अवधि ख्याल गर्न पनि दूतावासले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप