माइला लामा भन्छन्, 'सरकार तीन बुँदे सहमतिप्रति इमान्दार भएन'
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।
“सरकार इमान्दार भएन भने, नेपालका राजनीतिक जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधीबेहरी आउन सक्छ”, उनले अगाडि भने, “वर्तमान व्यवस्थाप्रति जनता सन्तुष्ट छैनन्, सरकार र राजनीतिक पार्टी जनताप्रति जिम्मेवार बन्नु पर्छ ।”
बुधबार नेकपा निकट अखिल क्रान्तिकारीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै लामाले आफ्नो पार्टीले अहिले देखिएका समस्याको हल गर्ने अधिकार जनतालाई दिन आफ्नो पार्टीले प्रगतिशिल सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवाद अगाडि सारेको बताए ।
नेकपाको काठमाडौँ जिल्ला इन्चार्ज समेत रहेका मालाले फरक विचारकै कारण आफूलाई गिरफ्तार गरेर झूटा मुद्दामा २२ महिना हिरासत र जेलमा राखेको बताए । उनले जेल जीवनलाई सिर्जनात्मक कार्यमा लगाउँदा समय अपुग हुने गरेको अनुभूति सुनाए । लामाले बम, बारुदलाई जितेर आएकाहरूको पार्टी भएकोले जनताको लागि बलिदान गर्न तयार भएको बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष शरद रसाइलीले अनलाइन शिक्षाका नाममा शैक्षिक संस्थाहरूले बदमासी गरेको बताए । उनले अनलाइन शिक्षाका नाममा अभिभावकलाई खेतबारी बेच्न बाध्य हुने अवस्था सिर्जना गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार