सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट कर्णालीमा थप २ जनाको मृत्यु

बुधबार, १६ असार २०७८, १९ : ५०
बुधबार, १६ असार २०७८

कर्णाली प्रदेशमा आज कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ  । आज मृत्यु हुनेमा सुर्खेत र रुकुम पश्चिमका १÷१ जना रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या  ३२९ पुगेको छ ।  
यस्तै आज थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।   ९५ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ३७ र १९३ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको हो । 
आज प्रदेशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३५ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप