आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको निर्णयपछि माधव पक्षले बोलायो स्थायी समिति बैठक

बुधबार, १६ असार २०७८, १७ : १६
बुधबार, १६ असार २०७८

एमालेको माधव पक्षले बिहीबार स्थायी समिति बैठक बोलाएको छ । माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले बिहीबार विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने जानकारी दिइन् । ‘बिहीबार हाम्रो समुहको बैठक बसेर छलफल गर्छौ’, शाक्यले रातोपाटीलाई जानकारी दिइन् ।  

अध्यक्ष केपी शर्मा ओलीले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गरेपछि माधव समुहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।

बुधबार बालुवाटारमा बसेको बैठकले आठ जना नेतालाई स्थायी समिति सदस्यमा मनोनयन गर्ने समेत निर्णय गरेपछि अध्यक्ष ओली जेठ २ मा फर्कने भनेर प्रचार गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप