आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री तर्फबाट बहस गर्न अब ४ घण्टा ३३ मिनेट समय बाँकी

बुधबार, १६ असार २०७८, १७ : १२
बुधबार, १६ असार २०७८

संवैधानिक इजलासमा आजको सुनुवाइ सकिएको छ । बुधवार सरकारको तर्फबाट सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता  दशरथ पंगेनीले बहस गरेका छन् । 

सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बरिष्ठ अधिवक्ता सुशिल पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका छन् । मैनालीको बहस बिहिबार पनि जारी हुनेछ । 

प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको समय अब ४ घण्टा ३३ मिनेट बाँकी रहेको संवैधानिक इजलासमा जानकारी गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप