बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीले बोलाएको बैठकमा जाँदैनौँ : राजेन्द्रकुमार राई

बुधबार, १६ असार २०७८, १७ : १०
बुधबार, १६ असार २०७८

माधव नेपाल पक्षका युवा नेता राजेन्द्र राईले जेठ २ का नाममा आगामी शुक्रबार बोलाएको बैठकमा नजाने बताएका छन् । बुधबार एमाले महाधिवेशन आयोजक कमिटीका नाममा बालुवाटारमा बसेको बैठकले आठ जना नेताहरुलाई स्थायी समिति सदस्यमा मनोनयन गरेको थियो ।

जसमा माओवादीतर्फका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा तथा पूर्वएमालेका विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय गरेको थियो ।

यो निर्णयले केपी ओली एकताको पक्षमा नरहेको पुष्टि भएको  भन्दै नेता राईले भने, ‘आजको निर्णयले अध्यक्ष ओली जेठ २ मा फर्कन तयार नभएको भन्ने स्पष्ट भयो ।’ राईले जेठ २ भन्ने एक लाइनको निर्णयले पनि हामीहरू कुदेर बैठकमा भाग लिन जाने अवस्था नरहेको बताए । उनले अदालतको फैसलापछि पनि अनेक निर्णयहरु गरिएको भन्दै ती निर्णय के गर्ने, संविधान मिचेको र संसद विघटनमा गल्ती स्वीकार नगर्दासम्म सहमति हुन सक्ने नदेखिएको दावी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप